नियम २७
आपतकालीन स्वास्थ्य सेवाको व्यवस्थापन
(१) ऐनको दफा ४८ को उपदफा (१) बमोजिमको आपतकालीन अवस्थामा तत्कालै स्वास्थ्य सेवाको व्यवस्थापनका लागि: मन्त्रालयले द्रुत प्रतिकार्य टोली र आपतकालीन चिकित्सकीय _समूह परिचालन गर्नेछ।
(२) उपनियम (१) बमोजिमको द्रृत प्रतिकार्य टोली र आपतकालीन चिकित्सकीय समूहको काम, कर्तव्य, अधिकार तथा कार्यविधि मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
(३) आपतकालीन उपचारका लागि सरकारी, गैरसरकारी, निजी, सहकारी, गैर नाफामूलक सामुदायिक, शिक्षण अस्पताल तथा अन्य स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त पूर्वाधार तथा सुविधाको व्यवस्था गरी आपतकालीन स्वास्थ्य सेबा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ।
(४) सङ्क्रामक रोगको महामारी, कीट, सूक्ष्म जिवाणु आतब्ग, आकस्मिक वा अप्रत्यासित कारणबाट विपद्को अवस्था सृजना भएमा ऐनको दफा ४८ को उपदफा (४) बमोजिम नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले आवश्यक आदेश जारी गरी जनस्वास्थ्य विपद् अबस्था घोषणा गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा भएमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जुनसुकै बखत गैरसरकारी, निजी, सहकारी, गैर नाफामूलक सामुदायिक शिक्षण अस्पताल वा अन्य स्वास्थ्य संस्थालाई आवश्यक निर्देशन दिन, सञ्चालन गर्न, त्यस्तो स्वास्थ्य संस्थाबाट सम्बन्धित स्वास्थ्य सेवा उपलब्ध गर्न लगाउन, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न वा गराउन सक्नेछ।
(६) उपनियम (५) बमोजिम: कुनै स्वास्थ्य संस्थालाई नियन्त्रणमा लिएकोमा त्यस्तो स्वास्थ्य संस्थाको सञ्चालन उपनियम (४) बमोजिम जनस्वास्थ्य विपद्_घोषणा गर्ने सम्बन्धित सरकार बां तहले निर्धारण गरे बमोजिम हुनेछ।
(७) यस नियम बमोजिम आपतकालिन स्वास्थ्य सेवा व्यवस्थापन गर्न वा जनस्वास्थ्य विपद्को अवस्थामा सम्बन्धित सरकार वा तहले कुनै पनि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसारको स्वास्थ्य संस्था वा क्षेत्रमा खटाउन सक्नेछ।
(८) कुनै प्रदेश सरकार वा स्थानीय तहले उपनियम (४) बमोजिम जनस्वास्थ्य विपद अवस्था घोषणा गरेकोमा सो प्रदेश बा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मी नपुग भएमा स्थानीय तहले प्रदेश तथा नेपाल सरकारसँग र प्रदेश सरकारले. नेपाल सरकारसँग थप स्वास्थ्यकर्मी माग गर्न सक्नेछ र त्यसरी माग भएमा नेपाल सरकार तथा प्रदेश सरकारले आफू अन्तर्गत कार्यरत जनशक्तिलाई त्यस्तो जनस्वास्थ्य विपद् क्षेत्रमा खटाउनेछ।
(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (४) बमोजिमको अवस्था नरहेमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आवश्यक आदेश जारी गरी जुनसुकै बखत त्यस्तो जनस्वास्थ्य विपद् अवस्था घोषणा फिर्ता लिन सक्नेछ।